काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई जिल्ला अदालत काठमाडौंमा लगिएको छ ।
प्रहरीले बुधबार बिहान पक्राउ गरेपछि खाँणलाई हिरासतमा राख्न अनुमति लिन जिल्ला अदालतमा लगेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंबाट उनलाई अपरान्ह ३ बजे बबरमहलस्थित जिल्ला अदालत काठमाडौं लगिएको हो ।
नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी प्रकरणमा अनुसन्धानका लागि उनलाई प्रहरीले पक्राउ गरेको हो ।






