न्यून आय भएका नागरिकलाई प्रभावकारी उपचारको व्यवस्था पहिलो प्राथमिकता : स्वास्थ्यमन्त्री बस्नेत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

सिन्धुपाल्चोक । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले न्यून आय भएका नागरिकको प्रभावकारी उपचारको व्यवस्था आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको छ ।

नेपाली कांग्रेस सिन्धुपाल्चोक क्षेत्र नम्बर १ ले शनिबार आयोजना गरेको सामाजिक सञ्जाल प्रयोगकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले संविधानले स्वास्थ्यलाई मौलिक हकको रूपमा व्यवस्था गरे पनि निम्न वर्गका नागरिकले प्रभावकारी उपचार पाउन नसकेको भन्दै यो विषय आफ्नो पहिलो प्राथमिकता भएको बताउनुभएको हो ।

सरकारी अस्पतालमा उपचार करोडौँका उपचार सामग्री÷मेसिन खरिद गर्ने तर प्रयोग नगर्ने प्रवृत्तिले निम्न वर्गका जनताले सास्ती खेप्नुपरेको भन्दै मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रमा नीतिगत र व्यावहारिक सुधार गरेरै छोड्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सातवटै प्रदेशमा सुविधासम्पन्न ठूला अस्पताल निर्माणको काम आगामी आर्थिक वर्षदेखि नै सुरु गर्ने जानकारी दिनुभयो ।

मन्त्री बस्नेतले स्वास्थ्य बिमा कार्यक्रमलाई थप प्रभावकारी बनाइनेसमेत जानकारी दिनुभयो । स्वास्थ्य बिमा रकम केही घटेको तर आउँदो बजेटमा यसलाई बढाउन पहल गर्ने जानकारी दिँदै मन्त्री बस्नेतले नागरिकको उपचारको व्यवस्था गर्ने दायित्व सरकारको भएको बताउनुभयो । उहाँले देशभरका अस्पतालको अवस्थाका बारेमा अध्ययन गर्दै उचित पूर्वाधार निर्माण गर्न आफ्नो ध्यान केन्द्रित रहेको समेत जानकारी दिनुभयो ।

ADVERTISEMENT

एक अर्को प्रसंगमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका मन्त्री बस्नेतले कांग्रेस कमजोर भए मुलुकको लोकतन्त्र धरापमा पर्ने जिकिर गर्नुभयो । पछिल्ला दिनहरूमा लोकतन्त्र कमजोर बनाउन चौतर्फी आक्रमण हुन थालेको टिप्पणी गर्दै उहाँले लोकतन्त्रको रक्षाको लागि सबै एकजुट हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

राजनीतिक योगदान, सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको जिम्मेवारी बोधबिना नै भाषण र हावादारी गफले चुनाव जित्ने र मन्त्री बन्ने परिस्थिति निर्माण भइरहेको दाबी गर्दै नेता बस्नेतले यस्तो खालको हावाबाजीले मुलुक र समाजमा विकृति देखापर्न थालेको टिप्पणी गर्नुभयो ।

नेता बस्नेतले सिन्धुपाल्चोकसहित अन्य जिल्लाहरूमा गठबन्धनमा कांग्रेसले शतप्रतिशत इमानदारी देखाए पनि सहयात्री अन्य दलबाट त्यस्तो इमानदारी प्रदर्शन हुन नसकेको गुनासो गर्नुभयो ।

मुलुकको सर्वाङ्गीण विकास र लोकतन्त्र बचाउनको लागि कांग्रेस बलियो हुनुपर्ने तथा बलियो कांग्रेस निर्माणका लागि केन्द्रदेखि स्थानीय तहसम्म सबै लोकतन्त्रवादीहरू एकजुट हुनुपर्ने नेता बस्नेतको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *