कङ्गोमा बाढीका कारण एक सयभन्दा बढीको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

किन्शासा । पूर्वी कङ्गोको दक्षिणी किभु प्रान्तमा रातभर परेको भीषण वर्षाका कारण आएको बाढी र पहिरोमा परी १०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ ।

क्षेत्रीय सरकारी अधिकारी थोमस बेकेन्गेले कालेहेको प्रभावित क्षेत्रको निरीक्षण गरेपछि सो बारे जानकारी दिएका हुन् ।

उनले नजिकैको किभु तालको किनारबाट शव सङ्कलन भइरहेको पनि बताएका छन् । बिहीबार साँझबाट शुरु भएको भारी वर्षापछि दुईवटा नदीले आफ्नो किनार तोडेर विनाश मच्चाएका छन् ।

ADVERTISEMENT

त्यसैगरी पहिराले सयौं घरहरू ध्वस्त भएका छन् भने अन्य ठूलो धनजनको क्षति भएको बताइएको छ ।

न्यामुकुबी गाउँका ७५ प्रतिशतभन्दा बढी घरहरू बाढीले बगाएको स्थानीय बासिन्दाले अनुमान गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज