नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वमन्त्री रायमाझीका छोरा सन्दीपलाई आज अदालत पेस गरिँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पूर्व उर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझीलाई आज अदालतमा पेस गरिने भएको छ ।

बुधबार साँझ बुटवलबाट पक्राउ परेका अर्घाखाँचीका प्रतिनिधिसभा सदस्य रायमाझीपुत्र सन्दीपलाई आज काठमाडौं ल्याएर अदालतमा पेस गरिने भएको हो ।
प्रहरीका अनुसार सन्दीपलाई काठमाडौं ल्याउन भैरहवा विमानस्थल पुर्याइएको छ। तर मौसम प्रतिकूल भएका कारण उडान हुन सकेको छैन ।

ADVERTISEMENT

नक्कली शरणार्थी प्रकरणमा नाम मुछिएपछि एमाले सचिवसमेत रहेका रायमाझी र उनका छोराविरुद्ध बुधबार पक्राउ पुर्जी जारी भएको थियो । रायमाझीसँगै नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने खोज्ने आठ जना पक्राउ परिसकेका छन् ।

यो प्रकरणमा पूर्व गृह सचिव तथा उपराष्ट्रपतिको कार्यालयका सचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *