सेयर लगानीकर्ताका छ बुँदे माग

Read Time = 4 mins

काठमाडौं । सेयर लगानीकर्ताले अर्थमन्त्री प्रकाशशरण महतसमक्ष छबुँदे माग प्रस्तुत गरेका छन् । छबुँदे मागपत्रमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया बिनाढिलासुस्ती कार्यान्वयन गर्नुपर्ने उल्लेख छ ।

त्यसैगरी १२ करोडसम्मको सेयर कर्जा सीमाले सेयर बजारलाई निरुत्साहित गरेकाले सो व्यवस्था फिर्ता हुनुपर्ने, सेयर कर्जामा लगाइएको १५० प्रतिशतको जोखिम भारित औसत शतप्रतिशत नै कायम गर्नुपर्ने, लगानीकर्तालाई अल्पकालीन र दीर्घकालीन लगानीकर्ताका रूपमा विभाजन गरी सोहीअनुरूप अल्पकालीन लगानीकर्तालाई पाँच प्रतिशत र दीर्घकालीन लगानीकर्तालाई तीन प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था गर्नुपर्ने, विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले व्याजदरमा पुनरवलोकन गरी एकल अंकमा कायम गर्नुपर्नेलगायतका माग रहेका छन् ।

माग सम्बोधन भएमा सेयर बजारको गुणात्मक र परिमाणात्मक दीर्घकालीन विकास हुने, विश्वासिलो र भरपर्दो लगानी गन्तव्य क्षेत्रका रूपमा पुँजी बजार स्थापना गर्न सकिने लगानीकर्ताको भनाइ छ । हाल करिब ५६ लाख ५० हजार हितग्राही खाता रहेको, १६ लाखभन्दा बढी लगानीकर्ताले अनलाइन प्रयोग गरेको, विगतमा ४४ खर्बको बजार पुँजीकरण र हाल २७ खर्ब ५० अर्बमा झरेको भन्दै उनीहरूले अर्थमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

ADVERTISEMENT

संयुक्तरूपमा माग प्रस्तुत गर्नेमा नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल, सेयर लगानीकर्ता संघ नेपालका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघका अध्यक्ष राधा पोखरेल रहेका छन् ।

१६ ब्रोकर कम्पनीलाई आशयपत्र
विभिन्न १६ ब्रोकर कम्पनीले आशयपत्र पाउने भएका छन् । नेपाल धितोपत्र बोर्डको सोमबार बसेको सञ्चालक समिति बैठकले आवेदन दिएकामध्ये १६ कम्पनीलाई आशयपत्र दिने निर्णय गरेको हो । आशयपत्र पाउनेमा नबिल सेक्युरिटिज, मेघा स्टक मार्केट, एसपिएसएस सेक्युरिटिज, एलिट स्टक हाउस, आकाश भैरव सेक्युरिटिज, इन्फिनिटी सेक्युरिटिज, भोले गणेश सेक्युरिटिज क्यापिटल, म्याक्स सेक्युरिटिज, सन् सेक्युरिटिज, इन्डेक्स सेक्युरिटिज, सानिमा सेक्युरिटिज, आरबिबी सेक्युरिटिज, एनएमबी सेक्युरिटिज, केबिएल सेक्युरिटिज, सिबिआइएल सेक्युरिटिज र हिमालयन ब्रोकेज कम्पनी रहेका बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज