काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य घट्दा चाँदीको मूल्य भने स्थिर रहेको छ। यसअघि आइतबार प्रतितोला १०० रुपैयाँ बढेको सुनको भाउ सोमबार प्रतितोला २०० रुपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार रुपैयाँ कायम गरिएको छ । यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
आइतबार छापावाल सुन प्रतितोला १ लाख ९ हजार २०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो।
त्यसैगरी, सोमबार चाँदीको मूल्य भने स्थिर रहेको छ। सोमबार चाँदी प्रतितोला १४ सय १५ रुपैयाँमा कारोबार भएको हो । आइतबार पनि सोही मूल्यमा चाँदी किनबेच भएको छ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts