नेपालमा अझै तीन दिनसम्म वर्षा हुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । नेपालमा अझै तीन दिन वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावका कारण मौसम बदली भइ पानी परिरहेको हो ।

आज पनि देशका धेरै ठाउँमा पानी पर्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । मौसमविद् गोविन्द झाका अनुसार आज पहाडीसहित तराईका जिल्लामा दिउँसो पछि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

काठमाडौंमा दिउँसो ११/१२ बजेपछि पानी पर्ने सम्भावना रहेको मौसमविद् झाले बताउनुभयो। आज तराईका जिल्लामा हावाहुरीसमेत चल्ने उहाँले बताउनुभयो। दुई दिनयता देशका धेरै ठाउँमा वर्षा भइरहेको छ।

ADVERTISEMENT

यो क्रम बुधवारसम्म नै रहने अनुमान गरिएको छ। भरे बेलुका फेरि पश्चिमी क्षेत्रबाट अर्को प्रणाली भित्रने सम्भावना रहेकाले बुधबारसम्म नै मौसम बदली भइ धेरै ठाउँमा पानी पर्ने मौसमविद् गोविन्द झाले जानकारी दिनुभयो ।

पानी पर्न थालेसँगै अधिकतम तापक्रम केही घटेको छ। यसले तराईका जिल्लामा गर्मी कम भएको छ। काठमाडौंमा भने चिसो बढेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *