काठमाडौं । सिद्घार्थ बैंकले आइतबार गोदावरी नगरपालिका कैलालीस्थित गेटा आँखा अस्पतालमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंकले गोदावरी नगरपालिकाका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा सहजरूपमा पुर्याउने उद्देश्यका साथ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको जनाएको छ । पछिल्लो एक्सटेन्सन काउन्टरसँगै सिद्घार्थको कुल शाखा सञ्जाल संख्या १९५ पुगेको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता