सेयर बजार घट्यो

Read Time = 2 mins

काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको सेयर बजार यस साताको पहिलो आइतबार पनि घटेको छ । गत बुधबार दोहोरो अंक र बिहीबार सामान्य अंकले घटेको नेप्से आइबार पनि १९.११ अंकले घटेर १८७०.६५ अंकमा झरेको हो । तर, कारोबार रकम भने अघिल्लो दिनको तुलनामा २२ करोड २४ लाख रुपैयाँले बढेर ९५ करोड ४३ लाख २२ हजार तीन सय ७७ रुपैयाँ पुगेको छ । यस दिन दुई सय १७ कम्पनीका ३२ लाख छ हजार चार सय ५० कित्ता सेयर खरिद बिक्री भएका हुन् । कारोबारमा आएका ४६ कम्पनीको सेयर मूल्य बढेको छ भने दुई सय १९ कम्पनीको सेयर मूल्य घटेको छ । छ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आइतबार कारोबार रकमका आधारमा शिवम् सिमेन्टको सबैभन्दा धेरै चार करोड २५ लाख १० हजार रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको तीन करोड ५७ लाख, तारागाउँ रिजेन्सी होटलको तीन करोड ३१ लाख, नबिल बैंकको तीन करोड २३ लाख र ओरियन्टल होटलको दुई करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड-२ को इकाईमूल्य सबैभन्दा धेरै ३.३३ प्रतिशतले बढेको छ भने प्रभु बैंकको डिबेन्चर २०८७ को ३.१८, मिथिला लघुवित्तको २.५९, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को २.४५ र नारायणी डेभलपमेन्ट बैंकको सेयरमूल्य २.०७ प्रतिशतले बढेको छ ।

ADVERTISEMENT

एनआइबिएल ग्रोथ फण्डको भने सर्वाधिक ८.८९ प्रतिशतले घटेको छ । अपर सोलु हाइड्रोपावरको ४.७०, हिमालयन ऊर्जा विकास कम्पनीको ४.६८, आँखुखोला हाइड्रोपावरको ४.६४ र पिपल्स पावरको सेयरमूल्य पनि ४.६१ प्रतिशतले घटेको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज