काठमाडौं । वकिलहरूको साझा संगठन नेपाल बार एशोसियन आजदेखि आन्दोलनमा उत्रने भएको छ ।
सर्वोच्च अदालतको प्रधानन्यायाधीश नियुक्तिसहित आठ वटा माग राखेर बार आन्दोलनमा उत्रन लागेको हो ।
‘बैशाख १७ गतेबाट एक हप्तासम्म प्ले कार्ड र ब्यानरसहित संबैधानिक परिषद प्रमुख र सम्बन्धित निकायको ध्यानाकर्षण गराउने अभियानको थालनी गरिएको’ महासचिव अधिवक्ता अन्जिता खनालले जानकारी दिनुभएको छ ।
स्वतन्त्र न्यायपालिकाको रक्षा गरौं, न्यायलय भित्रको भ्रष्टचार, विकृत, बिसंगती अन्त्य गर, पूर्ण स्वचालित पेशी ब्यवस्थापन प्रणाली लागु गर, प्रधानन्यायाधीश नियुक्ति अबिलम्ब गर, संबैधानिक परिषदको बैठक अबिलम्ब बोलाउ, सुनवाई समिति गठन गर भन्ने मागसहित बार आन्दोलमा उत्रेको हो ।
देशैभरी आन्दोलन गर्नका लागि केन्द्रिय बारले माताहातका समितिहरुलाई निर्देशनसमेत दिएको छ ।







Breaking news with related posts