घलेम्दी हाइड्रोको हकप्रद सेयर पारित

Read Time = 2 mins

काठमाडौं । घलेम्दी हाइड्रो लिमिटेडको नवौँ वार्षिक साधारण सभाले १ः२ अनुपात अर्थात् दुई सय प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गरेको छ । कम्पनीका अध्यक्ष किशोर सुवेदीको अध्यक्षतामा शनिबार सम्पन्न साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो ।

हकप्रदबाट जम्मा भएको पुँजी सांग्रिला ऊर्जा लिमिटेडद्वारा प्रवद्र्धित संखुवासभामा रहेको ६३ मेगावाट क्षमताको छुजुङखोला जलविद्युत् आयोजनामा ५१ प्रतिशतभन्दा बढी सेयर कायम हुने गरी लगानी गरिने कम्पनीले जनाएको छ ।

ADVERTISEMENT

साथै साधारण सभाले हकप्रद सेयर जारी गर्ने कार्य गर्दा विद्युत् नियमन आयोग, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, रजिष्ट्रार कार्यालयलगायतका नियमनकारी निकायमा आवश्यक कार्य गर्न कम्पनी सञ्चालक समितिलाई अख्तियारी प्रदान गरेको छ ।

कम्पनीका अध्यक्ष सुवेदीले कम्पनीको वर्तमान अवस्थाबारेमा सेयरधनीलाई जानकारी दिनुभएको थियो भने सञ्चालक नारायणबाबु अधिकारीले कम्पनीको वित्तीय अवस्थाबारे जानकारी दिनुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज