महावीर पुनको आन्दोलनमा समर्थन जनाउँदै रवि लामिछानेले भने: यो देशको एउटा सांसदको हिसाबले दुःखी छु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 4 mins

काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको जारी आन्दोलनमा समर्थन जनाउन राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने माईतीघर मण्डला पुग्नुभएको छ ।
शुक्रवार देखि ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि सामाजिक आन्दोलन’ नामबाट आन्दोलनमा उत्रिनुभएका पुनको आन्दोलनमा समर्थन जनाउन लामिछाने माइतीघर मण्डला पुग्नुभएको हो । हिजो रातभर माइतीघर मण्डलामा सुतेर पुनले प्रदर्शन गर्नुभएको थियो ।

‘आफनो जायज माग पूरा गर्न, राज्यले सोच्नु पर्ने कुरालाई सम्बोधन गर्नका लागि सडकमा आएर आन्दोलन गर्नुपरेको छ, यो देशको एउटा सांसदको हिसाबले दुःखी छु, तपाईको काम हामीले गर्नुपर्ने थियो, बेलैमा ठिक समयमा गर्न नसकेकोमा क्षमा चाहान्छु, हाम्रोतर्फबाट गर्नुपर्ने काम हामी गर्नेछौं,’ नवनिर्वाचित सांसद लामिछानेले भन्नुभयो ।

आफनो माग सम्बोधन नभएसम्मका लागि माइतीघर मण्डलामा नै रहने पुनले जनाउँदै आउनु भएको छ । ‘लु, हामी चाहिँ माइतीघर मण्डलाको सडकमा रात भर सुतेर उठ्यौँ, जनताहरु सुति रहनुहोस् र नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस्,’ पुनले शनिबार बिहान भन्नुभयाे, ‘के त होला र ? केही चिन्ता छैन, हद्दै भए यहि नेपाल ता जाला, पृथ्वी ता रहि रहन्छ नि,’ बिहानै पुनले भन्नुभएको थियो ।

आविश्कार केन्द्रका प्रमुख पुनले ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष’ को कार्य अघि बढाउनु पर्ने तथा अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने नेपालीका लागि प्रत्येक वर्ष संघीय र प्रदेश सरकारले कम्तिमा १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका माग राखेर उहाँ आन्दोलनमा उत्रिनुभएको हो ।

ADVERTISEMENT

गत २०७६ सालमा ल्याएको विज्ञान, प्रविधि तथा नवप्रवर्तन नीतिमा पनि कोष स्थापना गर्ने परिकल्पना गरिएको तथा त्यसमा १ अर्ब रुपैयाँ राखेर नवप्रवर्तन कोष सञ्चालन गरिने भनिए पनि सो बारेमा सरकारले कुनै काम कारबाही अघि नबढाए पछि आक्रोशित पुनः आन्दोलनमा होम्मिनुभएको छ ।

‘अनुसन्धान, नबप्रबर्तन र आविष्कारसँग तपाईको सन्तानको, तपाईको भाबी सन्ततिको र मातृभूमीको भविष्य जोडिएको छ,’ आन्दोलनमा जानु अघि उहाँ भन्नुभएको थियो, ‘बैशाख १५ गते शुक्रबार देखि माग पुरा नहुँदा सम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट नेपाल सरकारलाई घुँडा टेकाउने गरि आन्दोलन गर्न सम्पूर्ण नेपालीहरुलाई आह्वान गर्दछु ।’

यो पनि पढ्नुहोस्सांसदहरुले काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्छौँः महावीर पुन 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?