पहिचान पक्षधरले गरे इलाम बजारमा कालो झण्डासहित प्रदर्शन

एमाले अध्यक्ष ओलीसहभागी कार्यक्रम बाहिर नाराबाजी

प्रकाश नेपाल इलाम, संवाददाता
प्रकाश नेपाल इलाम, संवाददाता
Read Time = 3 mins

इलाम । कोशी नाम खारेज गर्नु पर्ने माग गर्दै निरन्तर आन्दोलन गरिरहेका पहिचान पक्षधर संघसंस्थाले इलाम बजारमा कालो झण्डा प्रदर्शन गरेका छन् ।

पहिचान पक्षधरले नेकपा एमाले अध्यक्ष खड्गप्रसाद ओली, उपाध्यक्ष सुवास नेम्बाङ र कोशी प्रदेश नाम प्रस्तावक रामबहादुर राना मगर लगायतको नेता कार्यकर्तालाई कालो झण्डा समेत देखाएका छन् ।

इलाम जिल्ला कार्यकर्ता भेटघाट कार्यक्रममा सहभागी हुन पुग्नुभएको एमाले अध्यक्ष ओली सहभागी कार्यक्रम चलिरहँदा इलामको चोक बजारमा कालो झण्डा सहित प्रदर्शन गरे ।

प्रदर्शनमा सहभागी ९ जना पहिचान पक्षधरलाई प्रहरीले पक्राउ गरेको जनाइएको छ ।

पक्राउ पर्नेमा इलाम नगरपालिकाका अर्पण राई, राम लिङदम, बिक्रम फियाक, सपना राई, रोङ गाउँपालिकाका विक्रम राई, देउमाई नगरपालिकाका धर्म लिम्बू, कुमार फत्र, महेश फियाक, पाँचथर फाल्गुनन्द गाउँपालिकाका गणेश लिम्बूलाई लछार पछार गर्दै नियन्त्रणमा लिएको बताइएको छ ।

ADVERTISEMENT

आन्दोलनकारीहरुले ‘कोसी प्रदेश खारेज गर ‘केपी ओली मुर्दावाद’ जस्ता नारा लगाउँदै कालो झण्डा प्रदर्शन गरेका थिए ।

प्रदर्शन कार्यक्रममा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, संघीय लिम्बुुवान राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङ्देनले कोशी प्रदेशको नाम खारेज हुनुपर्ने बताउनु भयो । उहाँले पहिचान विरोधी भारतीय नाम कोशीलाई खारेज नगरेसम्म सरकारसँग वार्ता समेत नगर्ने जानकारी गराउनु भयो ।

प्रदर्शनकारीले जिल्ला खेदकुल विकास समितिको कोशी प्रदेश लेखिएको बोर्ड समेत भत्काई दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज