मेन्छियाम हाइड्रोपावरको आइपीओ बाँडफाँट

Read Time = 2 mins

काठमाडौं । मेन्छियाम हाइड्रोपावरको आइपीओ बुधबार बाँडफाँट भएको छ । यस आइपीओ लैनचौर ब्यांक्वेटमा बाँडफाँट हुने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जनाएको छ ।

कम्पनीको आइपीओमा मागभन्दा बढी आवेदन परेकाले यसको बाँडफाँट गोलाप्रथाद्वारा भएको हो । यसमा ९५ हजार ४११ जना सर्वसाधारण आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमध्ये ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएका हुन् ।

यो आइपीओमा कुल १२ लाख ४४ हजार ३८५ जना आवेदकले आवेदन दिएकामा ६५ हजार ६४६ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

ADVERTISEMENT

कम्पनीले वैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणलाई सेयर बिक्री गरेको हो । रेटिङ एजेन्सी केयर नेपालले मेन्छियाम हाइड्रोपावरको आइपीओलाई केयर एनपी इस्यूअर रेटिङ डबल बी रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता औसत जोखिम रहेको संकेत गर्छ ।

आइपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट र मेन्छियाम हाइड्रोपावरको वेबसाइटबाट नतिजा हेर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज