काठमाडौं । लक्ष्मी बैंकको छोरी शिक्षित, देश शिक्षित अभियानअन्तर्गत बैंक र नेपाल प्रहरी कल्याण कोषबीच २५ लाखको ‘नेपाल प्रहरी–लक्ष्मी बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना सम्झौता भएको छ । साथै बैंकले आगामी पाँच वर्षसम्म सात लाख ५० हजार आर्थिक सहयोग गर्ने भएको छ ।
सम्झौतामा प्रहरी महानिरीक्षक वसन्त कुँवर र लक्ष्मी बैंकका प्रमुख कार्यकारी अधिकृत अजयविक्रम शाहको उपस्थितिमा बैंकका रिटेल फाइनान्स सर्भिसेस प्रमुख दिपेश अमात्य र नेपाल प्रहरी नायब महानिरीक्षक केदार ढकालले हस्ताक्षर गर्नुभएको हो ।
छात्रवृत्ति कोषबाट प्रहरी विद्यालयमा अध्ययनरत अमर शहीद, बहालवाला, पूर्व एवं अवकाशप्राप्त, अशक्त जुनियर प्रहरी अधिकृत दर्जाका परिवारका जेहेन्दार छात्रालाई छात्रवृत्ति प्रदान गरिने बताइएको छ । छात्रवृत्ति छनोट प्रक्रिया नेपाल प्रहरीले व्यवस्थापन गर्नेछ भने लक्ष्मी बैंकले आर्थिक सहयोग प्रदान गर्नेछ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा