काठमाडौं । पञ्जाबी गायक एवं कंग्रेस नेता सिद्धू मुसेवालाको हत्यामा संलग्न व्यक्तिको खोजी गर्दै भारतीय प्रहरी नेपाल आइपुगेको बताइएको छ ।
भारतीय सञ्चार माध्यम इन्डिया टुडेलगायतका पत्रपत्रिकाले दिल्ली प्रहरीको विशेष टोली शुक्रबार नै नेपाल आएको जनाएको हो।
उक्त पत्रिकाले स्रोत नखुलाईकन नै ति प्रहरी टोली नेपाल आएको जनाएको हो। उनीहरू नेपालको कुन क्षेत्रमा रहेर खोजी गरिरहेको भन्ने उल्लेख गरेको छैन। इन्डिया टुडेमा हिमाशु मिश्रले वाइलाइन स्टोरी नै लेख्नुभएको छ ।
राजनीतिमा प्रवेश गर्नुभएका गायक मुसेवालाको सुरक्षा व्यवस्था पञ्जाब सरकारले हटाएको केही दिनपछि अज्ञात बन्दुकधारीहरूबाट हत्या भएको हो । उहाँ गायनसँगै कांग्रेसमा प्रवेश गरेर आफ्नो राजनीतिक करिअरलाई अघि बढाउन खोज्दै हुनुहुन्थ्यो ।
यता, नेपाल प्रहरीले भने दिल्ली प्रहरी नेपाल प्रवेश गरेको भन्ने विषय जानकारीमा नरहेको जनाएको छ । प्रहरी प्रवक्ता एसएसपी विष्णुकुमार केसीका अनुसार भारतीय सञ्चारमाध्यममा उल्लेख गरेअनुसार उनीहरू नेपाल आएको जानकारी नेपाल प्रहरीलाई छैन्।
उक्त अनुसन्धान टोलीले मुसे वालाको हत्यामा संलग्न हतियारधारीहरू नेपालमा लुकेको हुनसक्ने आंकलन गरेको छ। उनीहरू मध्ये पक्राउ परेकाको जानकारीलाई आधार बनाएर उनीहरू नेपाल प्रवेश गरेको पनि समाचारमा उल्लेख छ। पञ्जाबको मन्सा जिल्लास्थित जवाहार्के गाउँमा गत आइतबार मुसेवालाको हत्या भएको थियो।
पञ्जाब पुलिसले मुसेवालाको हत्यामा संलग्न दुई व्यक्तिलाई पक्राउ गरेसँगै दिल्ली पुलिस नेपाल आएको पनि उल्लेख छ। मुसेवालाको हत्याका लागि बोलेरो कार उपललब्ध गराउने दुई जना पक्राउ परेका छन्। उनीहरू मंगलबार पक्राउ परेका हुन भने उनीहरूकै जानकारीलाई आधार बनाएर दिल्ली प्रहरी नेपाल प्रवेश गरेको हो।
गोल्डी ब्रारले आफ्नो फेसबुक पोस्टमार्फत् मुसेवालाको हत्याको जिम्मेवारी लिएका थिए। उनले ग्याङस्टर वियक्की मिड्डुखेराको मृत्युको बदला लिएको समेत उल्लेख गरेका छन्। एजेन्सीको सहयोगमा







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts