नशारहित समाजलाई हिमालयनको सहयोग

Read Time = 1 min

काठमाडौं । हिमालयन बैंकले ललितपुरको हाडीगाउँस्थित नशारहित समाज नेपाल (उपचार केन्द्र) लाई बहुद्देश्यीय हल निर्माणका लागि पाँच लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणाले उक्त रकम एक समारोहबीच संस्थाका अध्यक्ष सोनाम शेर्पालाई हस्तान्तरण गर्नुभएको हो ।

ADVERTISEMENT

देशका युवाहरू रक्सी तथा विभिन्न लागूपदार्थको कुलतमा फस्ने गरेका छन् । त्यतिमात्र नभई कुलतले उनीहरूलाई समाजमा विभिन्न अपराधमा पनि फसाइरहेको अवस्था छ । सोही समस्याबाट मुक्ति दिन संस्थाले स्थापनाकालदेखि काम गर्दै आएको छ । हाल संस्थाले करिब सयजनालाई एकदमै न्यूनतम खर्चमा सेवा प्रदान गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज