सेयर बजार दोहोरो अंकले घट्यो

Read Time = 2 mins

काठमाडौं । निरन्तर घट्दो क्रममा रहेको सेयर बजार साताको पहिलो दिन आइतबार दोहोरो अंकले घटेको छ । नेप्से १८.८० अंकले घटेर १८८५.६० अंकमा झरेको हो । यस दिन दुर्ई सय ६५ कम्पनीका २७ लाख ३४ हजार तीन सय सात कित्ता सेयर ८२ करोड ८५ लाख ३४ हजारमा कारोबार भएकोमा होटल तथा पर्यटन समूहको ११.०७ अंकले बढेको छ भने बाँकी सबै समूहको घटेको छ । जीवन बीमा समूहको ११८.७४ अंकले घटेको छ भने विकास बैंक समूहको ३५.९८, बैंकिङ समूह १६.७१, वित्त समूह ३२.३०, जलविद्युत् समूह २७.९४, लगानी समूह ०.५२ र उत्पादन तथा प्रशोधन समूह १४.३९ अंकले घटेको छ ।

त्यस्तै, लघुवित्त समूह २९.०८, म्युचुअल फण्ड ०.०१, निर्जीवन बीमा समूह २९.५४, व्यापार समूह ३१.२३ र अन्य समूह १.९९ अंकले घटेको छ । सनराइज ब्लुचिप फण्ड, आदर्श लघुवित्त वित्तीय संस्था र कालिञ्चोक दर्शनको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको छ । तर, सनराइज फोकस्ड इक्विटी फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

ADVERTISEMENT

कारोबार रकम र सेयर संख्याका आधारमा सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको तीन करोड ११ लाख ९५ हजार बराबरका एक लाख २० हजार पाँच सय १२ कित्ता सेयर खरिदबिक्री भएको नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज