नयाँदिल्ली । मानहानी मुद्दामा दोषी ठहर भएपछि सांसदका लागि अयोग्य घोषित कांग्रेस नेता राहुल गान्धीले दुई दशकदेखि बस्दै आएको सरकारी निवास आजबाट छाडने भएका छन् ।
शुक्रबार आफ्नो सरकारी निवासबाट सबै सरसामान सारेका गान्धीले तुघलक लेन बंगलाको साँचो आज लोकसभा सचिवालयलाई हस्तान्तरण गर्नेछन् । साँचो हस्तान्तरण सँगै दुई दशकदेखि बस्दै आएको घर आजबाट खाली हुनेछ ।
एक चुनावी सभामा पूर्व कांग्रेस अध्यक्ष गान्धीले ‘सबै चोरहरुको नाम मोदी किन हुन्छ ?’ भन्ने अभिब्यक्तिलाई लिएर दुई वर्षको जेल सजाय सुनाइएको थियो। सांसदको रूपमा अयोग्य ठहरिएपछि उनलाई अप्रिल २२ सम्ममा परिसर खाली गर्न भनिएको थियो। पूर्व कांग्रेस अध्यक्षले अप्रिल १४ मा आफ्नो कार्यालय र केही व्यक्तिगत सामान बंगलाबाट सारेका थिए।
गान्धीले शुक्रबार साँझ बंगलाबाट आफ्ना बाँकी सामानहरू हटाएका थिए। यो बंगला उनलाई सांसदका रुपमा दिइएको थियो । उनीहरूको सामान बोकेको ट्रक भवनबाट निस्किएको देखियो। उनी झण्डै दुई दशकदेखि यही बंगलामा बस्दै आएका थिए ।
आफ्नो कार्यालय परिवर्तन गरेपछि उनी आफ्नो आमा तथा कांग्रेस संसदीय दल अध्यक्ष सोनिया गान्धीसँग जनपथ निवासमा बस्न थालेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts