खोटाङ । खोटाङमा गाडीबाट खसेर एकजनाको मृत्यु भएको छ ।
शुक्रबार राति गाडीवाट खस्दा जन्तेढुङ्गा-३ का ३८ वर्षीय दिनेश राईकाे मृत्यु भएको हो ।
प्रहरी नायब उपरीक्षक मन्जिल मुकारूङका अनुसार शुक्रवार राती दिक्तेलबाट खोटाङ बजार जाँदै गरेको बा ३ ख ३४४१ नम्बरको बसबाट खसेका राईको उपचारको क्रममा मृत्यु भएको हो ।
उहाँकाअनुसार सडकमा खरायो देखेर झर्न खोज्दा लडेर घाइते भएका राईको खोटाङ बजारस्थित स्वास्थ्य चौकीमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts