कृषिमन्त्री तरकारी बजार अनुगमनमा

Read Time = 2 mins

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री वेदुराम भुसालले काठमाडौंको कालिमाटी तरकारी तथा फलफूल बजार अनुगमन गर्नुभएको छ । स्वदेशी कृषि उपजले बजार नपाउने समस्या, तरकारीमा विषादी प्रयोगलगायत कालिमाटी तरकारी बजारको पछिल्लो अवस्थाबारे जानकारी लिन उहाँले शुक्रबार बजार अनुगमन गर्नुभएको हो ।

सोही अवसरमा मन्त्री भुसालले केन्द्रीय कृषि प्रयोगशालाको समेत अनुगमन तथा निरीक्षण गर्दै प्रयोगशाला थप्ने र विषादी परीक्षणको समूह बढाउने सरकारको योजना रहेको बताउनुभयो । सरकारले कार्वामेट र अर्गानोफस्फेट समूहका विषादीमात्र परीक्षण गर्दै आएकामा अब सिन्थेटिक पाइरेथ्रोइड कीटनाशक र डिथियोकार्बामेट फंगिसाइड्स विषादी पनि परीक्षण गर्ने तयारी गरेको उहाँको भनाइ थियो । मन्त्री भुसालले काठमाडौं उपत्यकामा रहेका सबै तरकारी बजारमा छड्के अनुगमन गरी विषादी परीक्षण गर्न पनि निर्देशन दिनुभएको छ । साथै डेरी उद्योगीले दुर्गम गाउँबाट दूध संकलन नै नगरेकामा किसानले आपत्ति जनाएपछि उहाँले किसानको घर-घर पुगेर दूध संकलन गर्न दुग्ध विकास संस्थानलाई पनि निर्देशन दिनुभएको छ ।

ADVERTISEMENT

अनुगमनका क्रममा बजार व्यवस्थापन समितिले गरेका काम, स्टलको अवस्था, तरकारी आगमनको अवस्था तथा विषादी परीक्षणको अवस्थाबारे मन्त्री भुसाललाई ब्रिफिङ गरिएको कालिमाटी तरकारी तथा फलफूल बजार विकास समितिका कार्यकारी निर्देशक डालप्रसाद पुडासैनीले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज