श्रीलंकाले एक लाख बाँदर चीन निकासी गर्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

कोलम्बो । श्रीलंकाले १ लाख बाँदर चीन निकासी गर्ने भएको छ ।

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले १ लाख बादर चीनमा निकासी गरेर अर्थतन्त्रमा सानो योगदान गराउने छ ।

चीनको जुलजिकल गार्डेनको माग अनुसार १ लाख बाँदर चीन पठाइन लागिएको हो । श्रीलंकाबाट लगिने बाँदर चीनका १ हजार चिडियाघरमा राखिनेछ ।

ADVERTISEMENT

श्रीलंकाको कृषि मन्त्रालयका वरिष्ठ अधिकारी गुणादास समरसिंघे विश्वमै दुर्लभ बाँदरको रूपमा रहेको टोकमकाकी प्रजातिलाई चीनमा निकासी गर्नका लागि यसअघि पशुपंक्षी निकासीमा लगाउँदै आएको प्रतिबन्ध सबन्धी आवश्यक कानुन संसोधन पनि गरिसकेको छ ।

श्रीलंकमा बाँदरको बढ्दो संख्याका कारण बालीनालीमा ब्यापक रूपमा क्षति हुदाँ किसानलाई मर्का परेको तथा श्रीलंकाको खाद्य चक्रमा नै असर गरिरहेको अवस्थामा बादर निकासी हुन लागेको अधिकारीहरुले जनाएका छन ।

पछिल्लो समय श्रीलंकामा बाँदरको संख्या बढेर २५ देखि ३० लाख पुगेको अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?