काठमाडौं । वल्र्डलिंक कम्युनिकेसनले नेपालमा क्रिकेटका लागि आवश्यक पर्ने इन्टरनेटसम्बन्धी सम्पूर्ण पूर्वाधार उपलब्ध गराउने भएको छ । देशमा क्रिकेटको स्तरोन्नति गर्न आवश्यक कनेक्टिभिटीसम्बन्धी हरेक पूर्वाधार प्रदान गर्ने विषयमा वल्र्डलिंक र क्रिकेट संघ नेपालबीच मंगलबार सम्झौता भएको हो ।
सम्झौतापत्रमा वल्र्डलिंकतर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशव नेपाल र क्यानतर्फबाट कार्यकारी सचिव दुर्गाराज पाठकले हस्ताक्षर गर्नुभएको छ ।
तीन वर्षका लागि भएको सम्झौता अवधि दुवै पक्षबीचको आपसी समझदारीमा थप विस्तार हुन सक्ने बताइएको छ । सम्झौताअनुसार मूलपानी र कीर्तिपुर क्रिकेट मैदानमा वल्र्डलिंकले वैकल्पिक अप्टिकल फाइबर केवलसहित ४० एमबिपिएस गतिको डेडिकेटेड इन्टरनेट सुविधा उपलब्ध गराउनेछ भने जारी एसिसी क्रिकेट कप अवधिभरका लागि दुवै स्थानमा सय एमबिपिएसको डेडिकेटेड इन्टरनेट जडान गरेको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts