काठमाडौं । नेपाली कांग्रेसका सांसद राजु थापाले स्याङ्जाको आँधिखोला तटबन्ध बजेट अभावले रोकिएकोप्रति संसदको ध्यानाकर्षण गराउनुभएको छ ।
आइतबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद थापाले स्याङ्जा जिल्लाको मध्य भागबाट बगेको आँधिखोलाले बर्षेनी बर्षायाममा ठूलो मात्रामा कृषियोग्य भूमिलाई नष्ट गर्दै आईरहेको र तटबन्ध निर्माणका लागि पर्याप्त बजेट बिनियोजन गर्नका लागि ध्यानाकर्षण गराउनुभएको हो ।
२०७० सालबाट शुरु भएको आँधिखोला तटबन्धन कार्यक्रम बजेट अभावकै कारण अलपत्र परेको र कृषि योग्य भूमीमात्र नभई मानववस्तीलाई पनि जोखिममा पारेको भन्दै उहाँले सभामुखमार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
उहाँले भन्नुभयो, ‘आँधिखोलामा बनेका पक्की मोटरेबल पुलह समेत आँधिखोलाले जोखिममा परेका छन्, आर्थिक बर्ष २०८०।८१ मा तटबन्धन कार्य शुरु होस् र यसको लागि उचित बजेट व्यवस्थापन होस् भन्दै सभामुख महोदय मार्फत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछु ।’







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts