काठमाडौं । केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्रीबाट सम्मानित हुनुभएको छ । दुगडलाई राष्ट्रपति रामचन्द्र पौडेलले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गर्नुभएको हो ।
मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरूप दुगडलाई सो मानपदवी प्रदान गरिएको दुगड समूहले जनाएको छ ।
दुगडको अग्रसरतामा समूहले कृषिलाई व्यावसायीकरण र औद्योगीकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्याउँदै उपभोक्ताको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास गर्दै आएको छ ।






