पूर्वमन्त्री वर्षमान पुनकी आमालाई लाग्यो गोली, अस्पतालमा उपचार हुँदै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वमन्त्री वर्षमान पुनकी आमालाई गोली लागेको छ ।

प्रहरी जवान प्रकाश पुनले बोकेको पेस्तोल पड्किँदा पुनकी आमा तीर्थमायालाई गोली लागेको हो ।

ADVERTISEMENT

गोली लागेर तीर्थमाया घाइते हुनुभएको छ । उहाँको देब्रे खुट्टामा गोली लागेको छ । उहाँको अहिले वीर अस्पतालको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । प्रहरी जवान प्रकाश पुनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाश कामु प्रधानन्यायाधीस हरिकृष्ण कार्कीको पछुवा सुरक्षामा खटिएका व्यक्ति हुन् । उनी नातामा तीर्थमायाको नजिक नाती पर्छन् । शुक्रबार राती भएको उक्त घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । ‘असावधानीवश’ गोली पड्केको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?