दूरसञ्चार कर्मचारी संगठनको ३३ औँ वार्षिकोत्सव

Read Time = 4 mins

काठमाडौं । नेपाल दूरसञ्चार राष्ट्रिय कर्मचारी संगठनले ३३औँ वार्षिकोत्सव मनाएको छ । मंगलबार नेपाल टेलिकमको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा नेकपा एमालेका महासचिव एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री शंकर पोखरेलले नेपाल टेलिकम देशको गौरव गर्न सकिने संस्था भएको भन्दै सर्वसाधारण जनतालाई सस्तो, भरपर्दो र उत्तरदायी सेवा दिन सफल भएकोमा प्रशंसा गर्नुभयो । तर, टेलिकमको पछिल्लो सूचकांक कमजोर हुनुमा कतै मुसा प्रवृत्ति हावी भएको त होइन भन्ने उहाँले प्रश्न पनि गर्नुभयो । उहाँले मुसा प्रवृत्तिहरूलाई कम्पनी व्यवस्थापन र ट्रेड युनियन मिलेर रोक्नुपर्ने भन्दै नेपाली जनतालाई अत्याधुनिक दूरसञ्चार सेवा प्रदान गर्न नेपाल टेलिकम अझ सक्षम हुनुपर्ने बताउनुभयो । राज्य तथा संवैधानिक निकायहरूले कम्पनीका पक्षमा गरिएका कार्य र निर्णयका पक्षमा सहयोग गर्नुपर्नेमा राज्यका निकायका प्रतिनिधिहरूले सञ्चालक समितिमा गरेका निर्णयलाई फेरी मन्त्रालय वा संवैधानिक निकायबाट अंकुश लगाउने कार्यले कम्पनीको प्रतिस्पर्धी क्षमता विकास हुन नसक्ने उहाँको भनाइ थियो ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेलले कम्पनीका योजना र भएका कार्य प्रगतिबारेमा जानकारी गराउनुभएको थियो । कार्यक्रममा कम्पनीका कर्मचारी सञ्चालक सदस्य शंकर लामिछाने, संगठनका पूर्वअध्यक्ष कुलबहादुर आचार्य, संगठनका सल्लाहकार यादवप्रसाद पनेरु, नेपाल टेलिकम वर्कर्स युनियनका अध्यक्ष सुरेश रौनियार, नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष दामोदर केसी, नेपाल टेलिकम कर्मचारी युनियनका अध्यक्ष वीरेन्द्रलाल जोशीले पनि बोल्नुभएको थियो ।

ADVERTISEMENT

वार्षिकोत्सवका अवसरमा आयोजित विभिन्न खेलकुद प्रतियोगिता विजेता तथा रक्तदान कार्यक्रममा सहभागीलाई पुरस्कार तथा प्रमाणपत्र वितरण गरिएको थियो भने एसइईमा सबैभन्दा बढी अंक ल्याउने तह तीनसम्मका कर्मचारीका सन्ततिमध्ये एकजना, कर्मचारीका सन्ततिमध्ये एकजना, सातवटै प्रदेशमा प्रदेशगत एक-एकजना गरी सातजना र आचार्य मनरूपा सुमन्तबहादुर स्मृति पुरस्कार छात्र/छात्रा एक/एकजनालाई छात्रवृत्ति प्रदान गरिएको थियो । सो अवसरमा प्रमुख अतिथि पोखरेलले संगठनले वार्षिकोत्सवको अवसर पारेर सञ्चालन गर्न लागेको ‘नेपाल टेलिकम मेरो घर, संस्थाको विकास र समृद्धि मेरो भर’ भन्ने मूल नारासहित एनटिएन तेत्तीस अभियान २०८० शुभारम्भ गर्नुभएको संगठनका महासचिव मणिकुमार पोखरेलले जानकारी दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?