चीन-भियतनाम सीमा बन्दरगाहबाट दुई लाख ६६ हजार यात्रु आवतजावत

Read Time = 1 min

नानिङ । चीन-भियतनाम सीमा बन्दरगाहबाट दुई लाख ६६ हजार यात्रुले आवतजावत गरेका छन् । दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको डोङजिङ शहरमा रहेको चीन-भियतनाम सीमा बन्दरगाहलबाट सन् २०२३ को पहिलो त्रैमासिक वर्षको तुलनामा ७.२ गुणा बढी अर्थात् दुई लाख ६६ हजारभन्दा बढी आन्तरिक तथा बाहृय यात्रुहरू आवागमन गरेका छन् ।

ADVERTISEMENT

स्थानीय सीमा चेकपोइन्टका अनुसार बन्दरगाहले पहिलो त्रैमासिकमा ५१ हजारभन्दा बढी ट्रकहरू भित्रिएको रेकर्ड गरेको छ । जुन गत वर्षको तुलनामा १.८८ गुणाले बढेको हो । यो शहर चीन-भियतनामको सिमानामा र भियतनामी शहर मोङ काईको छेउमा अवस्थित छ । यो शहर एक अनुपम स्थान रहेका कारण स्वदेश तथा विदेशबाट पर्यटकहरू यहाँ भित्रिने गर्दछन् । रासस÷सिन्हृवा ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज