काठमाडौं । महिला सुरक्षा दबाब समूहको आयोजनामा अपांगता समानता तालिम सम्पन्न गरिएको छ । तालिम राष्ट्रिय शारीरिक अपांग संघका अध्यक्ष किरण शिल्पकारले दिनुभएको थियो । महिला सुरक्षा दबाब समूहको कार्यालय ज्ञानेश्वरमा भएको कार्यक्रममा अपांगताको परिचय, प्रकारका साथै अपांगता समानताको लागि कस्तो खालको पैरवी गर्न सकिन्छ, भन्ने विषयमा सहभागीबीच छलफल तथा जानकारी गराइएको थियो ।
कार्यक्रममा महिला सुरक्षा दबाब समूहका पदाधिकारीहरू, कर्मचारीसहित १५ जनाको सहभागिता थियो । समूहकी अध्यक्ष कल्याणी शाहको अध्यक्षतामा एकदिने तालिम सम्पन्न भएको हो । यो तालिमले धेरै कुरा जानकारी मिलेको सहभागीहरूले बताएका थिए । अपांगता समानताको लागि यस्तो खालको पैरवी विषय धेरै उपयोगी रहेको साथै अन्य विषयले धेरै कुरा जानकारी भएको उनीहरूको भनाइ थियो ।






