आयुर्वेद एसोसिएसनमा नयाँ नेतृत्व

Read Time = 3 mins

काठमाडौं । राष्ट्रिय आयुर्वेद एसोसिएसन नेपाल (रान)मा नयाँ नेतृत्व चयन भएको छ । रानको प्रथम साधारणसभा तथा राष्ट्रिय महाधिवेशनबाट जगतबहादुर भट्टराईको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको हो । वरिष्ठ उपाध्यक्षमा कृष्णबहादुर राउत, उपाध्यक्ष (पुरुष)मा बालगोपाल श्रेष्ठ, उपाध्यक्ष (महिला)मा सरिता भण्डारी, उपाध्यक्ष (कोशी प्रदेश) मा डा. सञ्जिवकुमार यादव, उपाध्यक्ष (मधेश प्रदेश) मा सञ्जयकुमार प्रसाद, उपाध्यक्ष (बागमती प्रदेश) मा दिलबहादुर श्रेष्ठ, उपाध्यक्ष (गण्डकी प्रदेश) मा डा. प्रफुल्लचन्द्र यादव, उपाध्यक्ष (लुम्बिनी प्रदेश) मा शालिकराम भुसाल, उपाध्यक्ष (कर्णाली प्रदेश) मा डा. शंकरप्रसाद रिजाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश) मा लोकराज भट्ट रहनुभएको छ ।

महासचिवमा हृदयनारायण चौधरी, सचिव (पुरूष) मा नारायण खतिवडा, सचिव (महिला) मा जयन्ती सिवाकोटी, कोषाध्यक्षमा सपना खत्री र सह–कोषाध्यक्षमा रामबाबु यादव रहनुभएको छ । खुला सदस्यमा किरण न्यौपाने, डा. विवेक गुप्ता, डा. रामपुकार यादव, सदस्य (खस आर्य)मा गीतादेवी दाहाल, सदस्य (मधेशी) मा इन्द्रजित कुमार यादव, सदस्य (महिला) मा आरतीकुमारी चौधरी, सदस्य (दलित) मा धर्विन्द्रबहादुर सार्की, सदस्य (जनजाति) मा ओमराज लिम्बू रहनुभएको छ । क्रान्ति भट्टराई संयोजक तथा डा. शंकर गौतम, नरबहादुर ठकुरिब, डा. चन्द्रनारायण झा र महेन्द्रराज बज्राचार्य सदस्य रहेको निर्वाचन समितिले नयाँ कार्यसमिति चयनका लागि सहजीकरण गरेको थियो ।

ADVERTISEMENT

रानका अनुसार रानमा देशभरकै आयुर्वेदिक चिकित्सक, स्वास्थ्यकर्मी, उत्पादक कम्पनी तथा आयुर्वेदिक औषधि व्यवसायी समेटिएका छन् । हाल रानमा एक हजार हाराहारीमा सदस्य रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?