काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले एकल महिलाबाट जन्मिएका बच्चाको जन्मदिने आमाकै थर र ठेगानाबाट जन्मदर्ता गर्न परिपत्र जारी गरेको छ ।
यसअघि चैत २२ गते विभागले मावलीको थरबाट जन्मदर्ता गर्न परिपत्र गरेको थियो । त्यो परिपत्रको व्यापक आलोचना भएको थियो ।
आइतबार जारी आठबुँदे परिपत्रमा एकल महिलाबाट जन्म भएको तर पितृत्वको ठेगान नलागेको बच्चाको जन्मदर्ता गर्दा आमाको थर र स्थायी ठेगाना राखी जन्मदर्ता गरिदिने उल्लेख छ । विभागले ‘मावली थर’ को सट्टा ‘बच्चा जन्मिँदा कायम आमाको थर र ठेगाना’ भनी उल्लेख गरेको छ ।
यस्तै, विवाह अघि बच्चाको जन्म भएको एकल महिलाले विवाह गरी पतिको ठेगानामा सँगै बसेको अवस्थामा आमा सूचक भई बच्चा जन्मँदा कायम भएको आमाको थर राखी हालको स्थायी ठेगानामा जन्मदर्ता गरिदिन र यदि बच्चा मावलीमा बसेको भए सोही ठेगानामा जन्मदर्ता गरिदिन भनेको छ ।
विभागले बच्चालाई जन्म दिने आमाको लैंगिक भूमिकाको उच्च सम्मान गर्दै परिपत्र सच्याएको जनाएको छ। आमाको थरको सट्टा मावली थर राखेर बच्चाको जन्मदर्ता गरिदिने भन्ने अघिल्लो परिपत्र आलोचित भएपछि विभागले सच्याएको हो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts