कोभिड-१९ संक्रमित आमावाट जन्मेका दुई बच्चाको मस्तिष्कमा क्षतिः अध्ययन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । आमाको गर्भनालमा कोभिड-१९ को भाइरस रहेका कारण क्षतिग्रस्त मष्तिष्कसहित दुईवटा शिशु जन्म भएको पत्ता लागेको छ ।

अमेरिकन सोधकर्ताको एउटा समुहको अध्ययन अनुसार कोभिड-१९ का भाइरसका कारण क्षतिग्रस्त मष्तिष्कसहित ती बच्चाहरु जन्मेको यो पहिलो घटना हो ।

पीडियाट्रिक्स जर्नलमा प्रकाशित मियामी विश्वबिद्यालयको अध्ययन अनुसार २०२० मा कोभिड-१९ को डेल्टा भेरियंटको चरम अवस्थामा दुवै बच्चाको आमा गर्भवती भएका थिए, जसमा कोरोना पोजिटिभ देखिएको थियो । सोही समयमा दुवै बच्चाको जन्म भएको थियो । जसमध्ये एउटा १३ महिनाको उमेरमा मृत्यु भइसकेको छ भने अर्को बच्चालाई अस्पतालको रेखदेखमा उपचार गरि राखिएको छ ।

मियामी विश्वबिद्यालयका बाल रोग बिशेषज्ञ तथा उपप्राध्यापक डा। मर्लिन बेनीले भनिन, ‘दुवै बच्चामा कोरोना भाईरस पोजिटिभको कुनै लक्षण पाईएको थिएन, उनीहरुको रक्तकोष पनि कोभिड प्रतिरोधात्मक उच्च दरको नै थियो ।'

ADVERTISEMENT

उनी अगाडी भन्छिन, ‘यसवाट के पत्ता लाग्यो भने आमाको गर्भनालमा कोरोना भाइरस थियो, जो बच्चाहरुमा स्थान्तरण हुन पुग्दा मष्तिष्कमा क्षति हुन पुग्यो ।’

रोयटर्सका अनुसार मियामी विश्वबिद्यालयका शोधकर्ताहरुले दुवै आमाको गर्भनालमा भाईरस रहेको प्रमाण फेला पारेको थिए । डा. बेनीले भनिन,  ‘मृत्यु भएका बच्चाको मष्तिष्कका आटोप्सीमा कोरोना भाइरसको निशाना देखियो, जसवाट के कुरा पत्ता लाग्यो भने सिधा आक्रामणवाट उसको मष्तिष्कमा चोट लाग्न पुग्यो ।’

सो अध्ययनका अनुसार दुवै आमा कोभिड भाईरसवाट संक्रमित त्यो बेला भएका थिए, जुन बेला डेल्टा भाइरसले अधिक संक्रमण गरेको थियो । त्यो बेलामा एक आमामा हल्का लक्षण देखा परेको थियो भने दोस्रो आमा भने गम्भिर रुपमा बिमारी भएकी थिइन, जसको बच्चालाई डाक्टरको निगरानीमा ३२ हप्तामा नै जन्म दिनु परेको थियो ।

मियामी विश्वबिद्यालयका अर्का प्रसुती एवम स्त्री रोग बिशेषज्ञ डा. शहनाज दुआराले यस्तो घटना निकै दुर्लभ भएको बताए । तर, सो अनुसन्धान पछि कोभिड संक्रमित आमाको बच्चा क्षतिग्रस्त मष्तिष्कसहित जन्मेको पत्ता लागेपछि उनले सुझाव दिदै भनेका छन कि कोरोना संक्रमित महिलाहरुले यदी बच्चा जन्माएका छन भने बच्चाको बृद्धी बिकासको बिषयलाई लिएर एकपटक चिकित्सकहरुसँग राय सल्लाह लिनुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज