लाहोर उच्च अदालतले इमरान खानको याचिकामा अप्रिल १२ मा सुनुवाइ गर्ने

Read Time = 2 mins

लाहोर । पाकिस्तानको एक अदालतले पुर्व प्रधानमन्त्री इमरान खान विरुद्ध सुनुवाइ अप्रिल १२ मा गर्ने भएको छ ।

डन अखबारका अनुसार न्यायाधीश शाहिद बिलाल हसनको अध्यक्षतामा लाहोर उच्च न्यायालयको पाँच सदस्यीय बेन्चले १२ अप्रिलमा याचिकाको सुनुवाइ गर्नेछन ।

सो अदालतले तोशाखाना भ्रष्टाचार मुद्दाको बहुप्रतिक्षित सुनवाइ अप्रिल १२ मा गर्ने भएको हो । र, सो सुनवाइमा दुवै पक्षलाई यस विषयमा आफ्नो तर्क पेश गर्न अनुमति दिने बताएको छ ।

ADVERTISEMENT

तोषखानाको उपहार बेचेको आरोप इमरान खानमाथि छ। इमरान खानलाई तोशाखानामा राखिएका उपहारहरू तत्कालीन प्रधानमन्त्रीका रूपमा पाएको महँगो घडी समेत सस्तो मूल्यमा किनेर नाफा कमाउन बेचेको आरोप छ।

तोषखाना पाकिस्तानको एक सरकारी विभाग हो, जहाँ सरकारका प्रमुखहरू, राष्ट्रपति, प्रधानमन्त्री, सांसद, नोकरशाह र अधिकारीहरूलाई विदेशी प्रतिष्ठित व्यक्तिहरूले दिएका उपहारहरू राखिन्छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज