स्वावलम्बन लघुवित्तद्धारा जुम्लाको तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम

Read Time = 3 mins

जुम्ला । स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जिल्लाको तातोपानीमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । शुक्रवार यहाँको तातोपानी गाउँपालिका-२ मा एक कार्यक्रमकाबीच साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।

पछिल्लो समय आम नागरिकमा लघुवित्तको बारेमा परेको नकारात्मक असरलाई हटाउन र उनीहरूलाई आर्थिक-सामाजिक र शैक्षिक रूपमा पछि परेका वर्गलाई गतिशील दिशामा अघि बढाउन र उनीहरूलाई वित्तीय पहुँच पु‍र्‍याइ जीवन स्तर उकास्न, आम्दानी गरि खर्चमा मितव्ययिता अपनाई बचत गर्ने बानी बसाल्न र आफ्नो पारिवारिक आम्दानी खर्चको लेखा जोखा गरि योजना बनाई अगाडि बढ्न र वित्तीय अनुशासन कायम गर्ने उद्देश्यले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको स्वावलम्बन लघुवित्त इलाका प्रबन्धक दीपक महतले बताउनुभयो ।

तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईको प्रमुख आथित्यता कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै अध्यक्ष चौलागाईले जुन किसिममा कर्जा लिएका छन त्यही अनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो । आर्थिक स्रोतलाई थप मजबुद बनाउनका लागि ग्रामीण भेगका महिलाको आर्थिकमा प्रत्यक्ष संलग्न गर्नेका लागी र आर्थिक आम्दानी सुरक्षितका लागी बैंकमा पैसा जम्मा गर्न बानी अहिले गाउँका महिला बढेको अध्यक्ष चौलागाईको भनाइ छ ।

ADVERTISEMENT

स्वावलम्बन लघुवित्त शाखा जुम्लामा कार्यरत कर्मचारी कर्णसिंह रावतले नेपाल राष्ट्र बैङ्कको नीति नियममा रहेर काम गरिरहेकोले बाहिर फैलिएको हल्लाको पछि नलाग्न सबैमा आग्रह गर्नुभयाे । वित्तीय साक्षरता कार्यक्रममा लघुवित्तमा आबद्ध रहेका समुह,महिला सदस्यहरुको सहभागी रहेको स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जनाएको छ ।

स्वावलम्बन लघुवित्तमा आवद्ध सदस्य तातोपानी गाउँपालिका-२ केन्द्र ४० कि लक्ष्मी कार्कीका पतिको मुत्युपछि उनलाई एक लाख उन्नइस हजार नौ सय नब्बे रुपैयाको बीमा सुविधाको चक प्रदान गरेको स्वावलम्बन लघुवित्त शाखा कार्यालय जुम्लाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज