काठमाडौं । पछिल्लो २४ घण्टामा ८४* जनामा कोरोना भाइरस संक्रमित भएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ४०२ नमूना परीक्षण मध्ये ८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
जसअनुसार २७२ पीसीआर परीक्षणमा ६३ जना र १ हजार १३० जनाको एन्टिजेन परीक्षण गर्दा २२ जना गरी ८४ जनामा कोरोना देखिएको हो ।
यसैगरी, हाल कोरोना संक्रमितको संख्या ३५८ जना रहेका छन ।






