एनसेल बाह्रखरी गल्फ र आर्थिक परिसंवाद हुने

Read Time = 5 mins

काठमाडौं । बाह्रखरी मिडियाले वार्षिकरूपमा आयोजना गर्दै आएको बाह्रखरी गल्फ तथा आर्थिक परिसंवाद वैशाख ९ गते काठमाडौंमा गर्ने भएको छ । कार्यक्रमको नाम ‘एनसेल बाह्रखरी गल्फ एण्ड इकोनोमिक सिम्पोजियम’ रहेको छ । बाह्रखरी मिडियाले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै कार्यक्रमका बारेमा जानकारी गराएको हो । सिम्पोजियम उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने बताइएको छ । बाह्रखरी मिडियाका प्रबन्ध निर्देशक ज्ञानेश्वर आचार्यका अनुसार कार्यक्रममा एक हजार पाँच सय बढी पाहुना सहभागी हुनेछन् ।

बाह्रखरीका कार्यकारी अध्यक्ष तथा प्रधान–सम्पादक प्रतीक प्रधानले खेल र आर्थिक क्षेत्र जोड्न बाह्रखरीले यस्ता कार्यक्रम आयोजना गरेको बताउनुभएको छ । उहाँले भन्नुभयो, ‘खेल र आर्थिक क्षेत्र जोड्न हामीले यो कार्यक्रम आयोजना गरेका हौँ, बाह्रखरीले गरेको यो कामलाई अन्य मिडियाले समेत गर्न सक्छन् ।’ खेलसँगै बाह्रखरीले वार्षिकरूपमा कथा प्रतियोगिता आयोजना गरेर साहित्यको क्षेत्रमा सहयोग पु¥याएको उहाँले बताउनुभयो ।

‘आर्थिक परिसंवाद’ कार्यक्रममा प्रधानमन्त्री, अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री, गभर्नर, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सका प्रमुख पदाधिकारीसहित अर्थविद्, बैंकर, उच्च तहका कर्मचारी, व्यवसायीलगायत करिब चार सय पाहुना सहभागी हुने बताइएको छ । कार्यक्रममा एकजना विज्ञबाट वर्तमान आर्थिक अवस्थाबारेमा कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

ADVERTISEMENT

‘अर्को चरणको आर्थिक सुधार’मा सहयोग पुगोस् भन्ने उद्देश्यले ‘आर्थिक परिसंवाद’ आयोजना गरिएको र परिसंवादले सरकारले लिने सुधारको चरणलाई पनि सहयोग पु¥याउने सम्पादक प्रधानले बताउनुभएको छ । पत्रकार सम्मेलनमा कर्पोरेट गल्फ प्रतियोगितामा विजेतालाई प्रदान गरिने ‘सुनको बल’ सार्वजनिकीकरण गरिएको थियो । गोकर्ण गल्फ क्लबका अध्यक्ष सुहृद घिमिरेले ‘सुनको बल’ सार्वजनिकीकरण गर्नुभएको हो । गोकर्ण गल्फ क्लबका निर्देशक दीपक आचार्यले कार्यक्रम सुरु गर्नुभन्दा पनि निरन्तरता ठूलो कुरा भएको भन्दै बाह्रखरीले विगत पाँच वर्षदेखि निरन्तरता दिएको बताउनुभएको थियो ।

प्रतियोगितामा काठमाडौं, धरान, विराटनगर, वीरगञ्ज, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, धनगढीसहित केही विदेशी ‘कर्पोरेट’ गल्फर पनि उपस्थित हुनेछन् । प्रतियोगिताामा सहभागी गल्फरले गोकर्ण गल्फ क्लबको १८ होलमा ‘स्टेबल फोर्ड फम्र्याट’मा प्रतिस्पर्धा गर्नेछन् । एनसेल बाह्रखरी गल्फ प्रतियोगितामा एक सय १० जनासम्म खेलाडी सहभागी हुन सक्नेछन् । आचार्यका अनुसार काठमाडौंमा चार सय बढी कर्पोरेट गल्फर छन्, त्यसमध्ये अधिकांश यो खेलमा सहभागी हुन चाहन्छन् । कुनै प्रतियोगीले तोकिएको होलमा एकै सटमा लक्ष्य प्राप्त गरे भने ‘होल इन वन’ पुरस्कारका रूपमा ‘हुन्डाई’ को ‘भेन्यु’ गाडी प्राप्त गर्नेछन् । कार्यक्रममा नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष देवेन्द्र सुवेदीले बाह्रखरीले आयोजना गर्ने कार्यक्रम खेल र आर्थिक क्षेत्रकै अति महत्वको भएको बताउनुभएको छ ।

कार्यक्रमका लागि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल बैंकर्स एसोसिएसन र नेपाल टुरिजम बोर्डले सहकार्य गरेका छन् । त्यसैगरी ग्लोबल आइएमई बैंक, सिभास रिगल, भाटभटेनी सुपरमार्केट, माछापुच्छ«े बैंक, शिखर इन्स्योरेन्स, सिटी एक्सप्रेस, बिएमडब्लु, प्रभु बैंक र फलानो लुगा (नेपालमै बन्या) प्रायोजक रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज