‘समिट वुमन अफ दि इयर २०२३’ सम्पन्न

Read Time = 3 mins

काठमाडौं । समिट वुमन अफ दि इयर २०२३ शुक्रबार काठमाडौंमा सम्पन्न भएको छ । ओपन स्पेस नेटवर्कको आयोजना र एपेक्स कलेजको प्रस्तुतिमा भएको समिटमा यसपटक अभानी नेपालकी सहसंस्थापक आरुश्री शर्मा ‘समिट वुमन अफ दि इयर २०२३’ को शीर्ष उपाधि जित्न सफल हुनुभएको छ । उपाधिसँगै उहाँले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नुभएको छ । त्यस्तै, निकिता जलान नगद ५० हजारसहित ‘वैद्य अर्गनाइजेसन इनोभेसन प्राइज २०२३’ बाट सम्मानित हुनुभएको छ ।

तेस्रो वुमन समिटको प्रमुख अतिथि पूर्वमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले विजेताहरूलाई सम्मान प्रदान गर्नुभएको थियो । आयोजकका अनुसार यस वर्ष नेपालका सातवटै प्रदेशबाट ८० भन्दा बढी आवेदन प्राप्त भएका थिए भने आवेदनको स्क्रिनिङ युनाइटेड टे«डर्स सिण्किेट र भोइथ ग्रुपकी प्रबन्ध निर्देशक रितु सिंह वैद्य, क्युएफएक्स सिनेमा र लविम मलका सह संस्थापक नकिम उद्दिन, फियनकी अध्यक्ष निरु रायमाझी, नबिल बैंकका डेपुटी प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवाली र लोटस होल्डिङ्स प्रालिकी अध्यक्ष सुलोचना श्रेष्ठ शाह सम्मिलित जुरी रहेको थियो ।

ADVERTISEMENT

अवार्डका लागि शीर्ष सातमा अभानी नेपाल प्रालिकी सह सस्थापक आरुश्री शर्मा, पेटमामा नेपाल प्रालिकी सहसंस्थापक प्रमुख कार्यकारी अधिकृत निकिता जलान, आधुनिक मिथिला फोटोसपकी संस्थापक मनिषा शाह, पालिखे एण्ड श्रेष्ठ आर्किटेक्ट्स प्रालिकी निर्देशक आर्किटेक हेमन्तिका राज्यलक्ष्मी पालिखे, इस्टर्न नेपाल अथेन्टिक्सकी प्रोप्राइटर सिमोनी श्रेष्ठ, लुमिएर नेपालकी सहसंस्थापक स्वीकृति न्यौपाने र सहसंस्थापक दक्षता भण्डारी रहनुभएको थियो । सातमध्ये उत्कृष्टलाई अवार्ड प्रदान गरिएको थियो । कार्यक्रमको उद्देश्य ३० वर्षभन्दा कम उमेरका महिला व्यवसायी पहिचान गर्नु र उनीहरूको सम्मान गर्नु रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज