काठमाडौं । नेपालको इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले नयाँ वर्ष २०८० को उपलक्ष्यमा नयाँ वर्ष २०८० सिजीको उमंग नयाँपनको उपहार नामक योजना ल्याएको छ । सिजीको यो नयाँ वर्ष सिजी मेरिडियाको उत्कृष्ट उत्पादनमा नयाँपनको उमंगसहित ग्राहकका लागि उपलब्ध हुनेछ । योजनासँगै ग्राहकले सिजीका अत्याधुनिक सामग्रीका साथ २३ प्रतिशतसम्मको आकर्षक क्यासब्याक तथा अन्य विभिन्न पक्का उपहार पाउने कम्पनीले जनाएको छ ।
आधुनिक प्रविधिका गुणस्तरीय सामानसँगै नेपालको आफ्नै ब्राण्ड सिजीको विश्वास पाई ढुक्क भई नयाँ वर्ष मनाउन सकिने कम्पनीको भनाइ छ । उपहार योजनाअन्तर्गत सिजीका विभिन्न उत्पादन जस्तै एन्ड्रोइड टिभी, स्मार्ट टिभी, एयर कन्डिसनर, रेफ्रिजरेटर, वासिङ मेसिन, एयर कुलर, भ्याकुम क्लिनर, अडियो सिस्टम चेस्ट फ्रिजर र शोकेस तथा माइक्रोवेभ ओभनमा आकर्षक क्यासब्याक तथा सीमित उत्पादनमा पक्का उपहार प्राप्त गर्न सकिनेछ । फ्लोर स्ट्यान्डिङ र क्यासेट एयर कन्डिसनरहरूमा क्यासब्याकलगायत पाँच हजार रुपैयाँ र स्पिलिट एयर कन्डिसनरमा क्यासब्याकलगायत चार हजार रुपैयाँ बराबरको जडान निःशुल्क रहेको छ भने ६५ र ७५ इन्च एन्ड्रोइड टिभीमा सात हजार पाँच सय ९० रुपैयाँ बराबरको सिजी २.१ स्पिकर उपहार रहेको छ ।
सेमी-अटोमेटिक तथा टप लोडिङ वासिङ मेसिनमा नौ सय २० रुपैयाँ बराबरको दुई केजी एरियल म्याटिक र फ्रन्ट लोडिङ वासिङ मेसिनमा दुई हजार पाँच सय बराबरको छ केजी एरियल म्याटिक उपहार रहेको छ । डबल डोर रेफ्रिजरेटरमा एक हजार दुई सय ६० रुपैयाँको स्टर्म सिरिज फ्राई प्यान, होम फ्राई माइक्रोवेभ ओभनमा दुई हजार आठ सयको कुकिङ किट, स्टिम वास डिसवासरमा दुई प्याकेट डिसवासर किट तथा मल्टिडोर र साइड बाई साइड रेफ्रिजरेटरमा सात हजार ९० रुपैयाँ बराबरको सिजी मेरिडिया भ्याकुम उपहार रहेको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts