विराटनगरमा प्रहरी र प्रदर्शनकारीबीच झडप (तस्वीरमा हेर्नुहोस्)

Read Time = 3 mins

विराटनगर । कोशी प्रदेश नाम संशोधनको माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका छन्। ऐतिहासिक पृष्ठभुमिको आधारमा नामकरण गर्नुपर्ने माग गर्दै पहिचानवादीहरुले विराटनगरमा प्रदर्शन गरेका हुन्।

प्रदर्शनलाई नियन्त्रणमा लिने क्रममा प्रदर्शनकारी र प्रहरीबिच झडप भएको छ।

प्रदेश सरकारले भने फाल्गुण १७ गते प्रदेशको नामकरण गरेको थियो। नामकरण खारेजीको माग गर्दै चैत्र ५ गते पहिलोपटक विराटनगरमा पहिचानवादीहरुले आन्दोलन गरेका थिए।

ADVERTISEMENT

प्रदर्शनकै क्रममा चैत ५ गते घाइते भएका पदम लिम्बुको चैत १० गते उपचारको क्रममा मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज