सडकपेटीमै कटाए मिटरब्याज पीडितहरूले रात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । मिटरब्याजीविरुद्ध आन्दोलन गर्न हिँडेर काठमाडौँ आइपुगेकाहरूलाई पीडितहरूले गएराति खुलामञ्च अगाडि रात कटाएका छन् ।

सोमबार प्रहरीले खुलामञ्चमा प्रवेश गर्न नदिएपछि मिटरब्याज पीडितहरू रातभर सडकपेटीमै बस्न बाध्य भएका हुन् ।

ADVERTISEMENT

उनीहरुले हिजो खुलामञ्चको गेट अगाडि प्रदर्शनसमेत गरेका थिए । महोत्तरीको बर्दिवासदेखि ११ दिनको पैदल यात्रापछि आइतवार बिहान उनीहरू काठमाडौं आइपुगेका हुन् ।

सरकारले पहिले आफूसँग गरेका सम्झौता पालना गर्नुपर्ने उनीहरूको माग छ । न्याय खोज्दै ७२ जना पीडित पैदल हिँडेर काठमाडौं आएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *