नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमा

Read Time = 3 mins

काठमाडौं । सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात भन्ने नाराका साथ नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ । बिहीबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक कार्यक्रमबीच कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले बीमा योजना सार्वजनिक गर्नुभएको हो ।

एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) छ । जसमा बीमितको प्रवेश उमेर १८ वर्षदेखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि पाँच वर्षदेखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्षसम्म हुनेछ । न्यूनतम बीमांक रकम २५ हजार तथा अधिकतम बीमांक रकम आयस्रोतका आधारमा निर्धारण गर्न सकिने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार योजनामा दुईवटा विकल्प समावेश गरिएका छन्, जसमध्ये आफ्नो इच्छा र आवश्यकताअनुरूप बीमितले कुनै एउटामात्र विकल्प छनोट गर्न सक्नेछन् । विकल्प एकअन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमांक रकम र आर्जित बोनस एकमुष्ट प्रदान गरिनेछ भने विकल्प दुईअन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमांक रकम दिइनेछ र भुक्तानी अवधि समाप्तिपछि प्रत्येक वर्ष बीमांकको पाँच प्रतिशत रकम बीमितको उमेर ७९ वर्ष नपुगुन्जेलसम्म बीमितलाई प्रदान गरिन्छ । साथै बीमित ८० वर्ष पूरा भएपछि बीमाशुल्क भुक्तानी अवधिसम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ ।

ADVERTISEMENT

दुवै विकल्पमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानीका साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपछि समर्पण मूल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक तीन किस्ता बीमाशुल्क भुक्तानीका साथै बीमा प्रारम्भ मितिबाट तीन वर्ष पूरा भएपछि समर्पण मूल्यको ९० प्रतिशत ऋण प्राप्त गर्न सकिनेछ । दुर्घटना मृत्यु लाभ सुविधा, बीमाशुल्क छुट तथा पूर्ण अशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधासमेत उपलब्ध रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज