व्यापार घाटा कम गर्न स्वदेशी उत्पादनको प्रयोग गरौँः उपाध्यक्ष पाण्डे

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले स्वदेशी उत्पादनको वृद्धि गर्न आग्रह गर्नुभएको छ ।

बिहीवार सामुदायिक रेडियो प्रशारक संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उपाध्यक्ष पाण्डेले नेपालीहरु स्वदेशी उत्पादन भन्दा विदेशी उत्पादनलाई प्राथमिकता बढी दिने गरेको भन्दै सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन चलाउनुपर्छ भन्ने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले विदेशी उत्पादनलाई प्राथमिकता राख्दा अर्बौं व्यापार घाटा भइरहेको उल्लेख गर्दै सबै नेपालीहरुले स्वेदशमा नै उत्पादित सामग्रीहरुको प्रयोग बढाउनुपर्ने बताउनु भयो । उहाँले नेपालीहरुले आफ्नै देशमा उत्पादित सामग्रीहरुको प्रयोग गर्ने हो भने व्यापार घाटा नियन्त्रणमा आउने दाबी गर्नुभयो ।

ADVERTISEMENT

उहाँले भन्नुभयो, ‘सामुदायिक रेडियोहरुलाई बचाइराख्नुपर्छ । यसमा साथ सहयोग दिन म तयार छु । रेडियोसँग सम्बन्धित ऐन बनाउँदा यो ऐनबाट तपाईहरुलाई माया गर्नुपर्ने ठाउँ खोज्दा म त्यसको साथमा अग्र पंक्तिमा रहनेछु । आज हामी हाम्रो स्वदेशी उत्पादनलाई माया गर्ने कुरामा ध्यान दिन जरुरी छ । हामी व्यापार घाटामा खर्बौं रपैयाँ घाटामा जाने गर्दछौँ । हाम्रो आफ्नो उत्पादन हामी वृद्धि गर्न सक्दैनौँ । विदेशी उत्पादन प्रयोग गर्छौं तर सामुदायिक रेडियोहरुले स्वदेशी उत्पादन प्रयोग गरौँ भन्ने अभियान प्रचार गर्नुपर्छ ।’

उपाध्यक्ष पाण्डेले रेडियोसँग सम्बन्धित ऐन बनाउँदा आफ्नो पूर्ण समर्थन र सहयोग रहने प्रतिवद्धता जनाउनु भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज