युक्रेनमा मारिए फ्रान्सका पत्रकार

Read Time = 1 min

किभ । युक्रेनमा फ्रान्सका पत्रकार मारिएका छन् । पूर्वी युक्रेनमा पर्ने दोनबासस्थित सेभरोदोनेस्क शहरनजिकै गोलाबारीमा परी पत्रकार फ्रेडरिक लेक्लर इमोफको ज्यान गएको हो ।

फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोँले उहाँको मृत्युको पुष्टि गर्नुभएको छ । लुहान्स्क क्षेत्रका गभर्नर सेर्गेइ हाइदेइले ग्रिनेडको टुक्राले घाँटीमा लागेर उहाँको निधन भएको बताउनुभएको छ । पत्रकार इमोफ फ्रान्सको बिएफएम टिभीका लागि युक्रेनमा कार्यरत हुनुहुन्थ्यो ।

ADVERTISEMENT

पत्रकार इमोफको निधनसँगै रुस युक्रेन युद्धको समाचार संकलनका क्रममा अहिलेसम्म ३२ पत्रकार मारिएको युक्रेनका राष्ट्रपति भोलीडिमीर जेलेन्स्कीले दाबी गर्नुभएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज