डबलिन । आयरल्याण्डको डब्लिनमा विश्व आलु सम्मेलन सुरु भएको छ । विश्वका कम्तीमा ६० देशका एक हजार जनाभन्दा बढी प्रतिनिधि सहभागी भएको विश्ल आलु सम्मेलन डब्लिनमा सुरु भएको हो ।
सोमबारबाट सुरु भएको सो सम्मेलन चार दिनसम्म सञ्चालन हुने भएको बताइएको छ । सो सम्मेलनमा आलु खेतीमा लागेका किसानका साथै यस खेतीका विशेषज्ञ, आलु खेतीसम्बन्धी कृषि प्राविधिक एवं सरकारी अधिकारीको सहभागिता छ ।
यस सम्मेलनमा विश्वमा आलु खेतीको वर्तमान अवस्था र यसका चुनौतीहरूका साथै स्वास्थ्यमा आलुको योगदान, आलु व्यवसाय र पोषण एवं आलु खेतीसम्बन्धी नयाँ नयाँ तरिका र प्रविधिका बारेमा आवश्यक छलफल हुनेछ ।
सम्मेलनमा धेरै प्रकारका आलुका उत्पादन, खेती र यसका लागि आवश्यक प्रविधिका साथै आलुखेतीको दिगोपनसम्बन्धी प्रदर्शनी पनि राखिएको छ । एजेन्सी ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts