भूगोल र दोल्तीको सेयर बाँडफाँट

Read Time = 2 mins

काठमाडौं । वैदेशिक रोजगारीमा गएकालाई निष्कासन गरिएको भूगोल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेड तथा दोल्ती पावर कम्पनी लिमिटेडको साधारण सेयर बाँडफाँट भएको छ । दुवै कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले सोमबार सेयर बाँडफाँट गरेको हो ।

दोल्ती पावरको निष्कासित एक लाख सात हजार दुई सय ९८ कित्ता सेयरका लागि १८ हजार तीन सय १७ आवेदनबाट पाँच लाख ४२ हजार ७० कित्ता सेयर माग भएको थियो । जसमा सम्बन्धित सि-आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट विभिन्न कारण एक हजार तीन सय ४३ आवेदनबाट ७३ हजार एक सय १० कित्ता सेयर माग गरिएको थियो ।

ADVERTISEMENT

चार लाख ६८ हजार नौसय ६० कित्ता सेयर माग गर्ने १६ हजार नौ सय ७४ आवेदकमध्ये दोहोरो आवेदन दिने एकजनालाई हटाएर बाँकी आवेदकलाई सेयर प्रक्रियामा सहभागी गराइएको थियो । गोलाप्रथामार्फत् १० कित्तादेखि १० हजार कित्ता सेयर आवेदन गर्ने १० हजार सात सय २९ जनालाई १० कित्ताका दरले एक लाख सात हजार दुई सय ९० कित्ता सेयर बाँडफाँट गरी बाँकी रहेको आठ कित्ता सेयर २० कित्तादेखि १० हजार कित्ता सेयर आवेदन गर्ने आवेदकमध्ये आठजनालाई एक-एक कित्ताका दरले बाँडिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज