प्रभु बैंकका म्यानेजर ग्राहकको पैसा लिएर फरार

Read Time = 3 mins

खोटाङ । खोटाङमा प्रभु बैंकका ब्रान्च म्यानेजर होमराज खतिवडा ग्राहकको सापटी पैसा लिएर फरार भएका छन् । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका-३ बाम्राङ घर भएका खतिवडा दिक्तेल बजारका करिब दर्जन व्यक्तिको सापटीस्वरूप मोटो रकम लिएर फरार भएका हुन् ।

म्यानेजर खतिवडाले आफ्नो बैंकमा खाता भएका दिक्तेल बजारका व्यापारीको बैंक ब्यालेन्स चेक गर्दै घर-घरमा पुगेर सापटी पैसा माग्ने गरेका थिए । दिक्तेल बजारका पैसावाला ग्राहकलाई छानी–छानी पैसा सापटी माग्दै आएका खतिवडा अन्ततः १ फागुनदेखि फरार छन् । माघ अन्तिमसम्म दिक्तेल बैंकसँग सम्पर्कमा रहेका खतिवडा फागुन १ गतेबाट सम्पर्कविहीन भएको बैंकले जनाएको छ ।

बैंकका अनुसार खतिवडाले एक व्यक्तिबाट थोरैमा तीन लाखदेखि १६ लाखसम्म सापटी लिएको देखिन्छ । उनले सापटी मागेको पैसा खातावालाकै नाममा चेक काट्न लगाउने र आफूले बैंकमा झिक्ने गरेका थिए । यसरी उनले झण्डै दुर्ई करोड बजेट दिक्तेल बजारकै विभिन्न ग्राहकबाट पैसा सापटी लगेको देखिन्छ । खतिवडाले व्यापारीसँगै उनकै सहकर्मी र अन्य बैंकका कर्मचारीसँग पनि पैसा सापटी लिएको निकटस्थहरू बताउँछन् । दिक्तेल बजारकै एक निजी बैंकका कर्मचारीको १६ लाखसम्म उनले सापटी लिएको देखिन्छ ।

ADVERTISEMENT

एक पीडितले भने, ‘आफू बैंक म्यानेजर भन्दै पैसा सापटी माग्थे । बैंकको म्यानेजरले सापटी मागेपछि पैसा दिइयो । म्यानेजरजस्तो मान्छेलाई अविश्वासको कुरै भएन तर अन्तिममा आएर मान्छे फटाहा देखियो । यसले गर्दा बैंकप्रति शंकाको घेरा हृवात्तै बढाएको छ ।’ भाइलाई विदेश पठाउन ठिक्क पारेर राखेको पैसा म्यानेजरले सापटी मागेपछि दिँदा अहिले विजोग भएको पीडित गंगा विकले गुनासो गर्नुभयो । पीडित सबै मिलेर खोजीका लागि प्रहरी गुहार्ने तयारी भइरहेको विकले बताउनुभयो ।

यस विषयमा लिखित उजुरी र गुनासो केही नआएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले बताउनुभएको छ । म्यानेजरका विषयमा प्रभु बैंकको केन्द्रीय कार्यालयलाई सम्पर्क गर्दा बैंकका कर्मचारीले बोल्न आनाकानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज