दराजबाट ग्यालेक्सी एम ४ जित्ने मौका

Read Time = 1 min

काठमाडौं । ग्लोबल आइएमई बैंकले दराजबाट एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ । योजनाअन्तर्गत बैंकका ग्राहकले भिजा डेबिट/क्रेडिट कार्ड प्रयोग गरी दराजबाट अनलाइन भुक्तानी गरी मात्र एक रुपैयाँमा सामसुङ ग्यालेक्सी एम ४ मोबाइल फोन जित्न सक्नेछन् । बैंकले दराज नेपालसँग सहकार्य गरी सार्वजनिक गरेको योजना चैत ११ गतेसम्म सात दिन लागू हुने बैंकले जनाएको छ ।

बैंकका अनुसार योजनाको अन्त्यमा बैंकको डेबिट/क्रेडिट कार्डद्वारा दराजमा अनलाइनमार्फत् एक रुपैयाँ भुक्तानी गर्ने र मोबाइल खरिद गर्न चाहने कुल सहभागीमध्ये एकजना भाग्यशाली छनोट गरिनेछ ।

ADVERTISEMENT

छनोट भएका भाग्यशाली विजेताले एक रुपैयाँमै सामसुङ ग्यालेक्सी एम ४ मोबाइल पाउनेछन् । योजनाको मुख्य उद्देश्य अनलाइन कार्ड भुक्तानी प्रवद्र्धन रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?