नेपाल रेमिट र वाणिज्य बैंकबीच सम्झौता

Read Time = 2 mins

काठमाडौं । नेपाल रेमिट इन्टरनेसनल प्रालि र राष्ट्रिय वाणिज्य बैंकबीच वैदेशिक रेमिट्यान्स बैंकिङ च्यानलमार्फत् भुक्तानीसम्बन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा नेपाल रेमिट इन्टरनेसनलका प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले हस्ताक्षर गर्नुभएको हो ।

विगत १७ वर्षदेखि रेमिट्यान्स क्षेत्रमा काम गर्दै आएको नेपाल रेमिट इन्टरनेसनल तथा देशभरि २६५ शाखा कार्यालय र ४६ एक्सटेन्सन काउन्टर रहेको राष्ट्रिय वाणिज्य बैंकबीचको सम्झौतापछि नेपाल रेमिटबाट विश्वका विभिन्न स्थानबाट बैंकिङ च्यानलमार्फत् पठाएको रकम देशका ७७ जिल्लामै सम्बन्धित व्यक्तिले बैंकका शाखा कार्यालयमार्फत् सरल तरिकाबाट रकम प्राप्त गर्न सक्ने बैंकले जनाइको छ ।

ADVERTISEMENT

साथै राष्ट्रिय वाणिज्य बैंकसँगको सम्झौतासँगै नेपाल रेमिट इन्टरनेसनलले देशभर १२ हजारभन्दा बढी स्थानबाट आफ्नो सेवा जनतामाझ प्रदान गर्न सक्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?