भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा देवर पक्राउ

Read Time = 1 min

सप्तरी । आफ्नै भाउजु २७ वर्षीया राज कुमारी साहलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरेको आरोपमा प्रहरीले उनको देवरलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बोदेबरसाईन नगरपालिका–१ धनगडी बस्ने प्रमेश्वर साह रहेको छन् । उनलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

ADVERTISEMENT

२०७८ माघ २१ गते बिहान भाउजुलाई पेट्रोल छर्केर आगो लगाई हत्या गरी उनी फरार रहेका थिए । उनलाई ईलाका प्रहरी कार्यालय बोदेबरसाईन सप्तरीबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

उनीमाथि जिल्ला अदालत सप्तरीबाट म्याद थप अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *