कालीकोट । सामाजिक विकृतिको रुपमा रहेको बालविवाह अन्त्य गर्ने अभियानमा नरहरिनाथ गाउँपालिकामा रहेका किशोरीरु लागेका छन् । बालविवाहका कारण बालिकाहरुको शारीरिक मानसिकरुपमा असर पर्ने र भविष्य समेत अन्धकार हुने भएकाले बालविवाह अन्त्य गर्ने अभियानमा यहाँका स्कुले किशारीहरु लागेका हुन् ।
प्लान इन्टरनेश्नल नेपाल र सादा नेपालको साझेदारीमा सञ्चालित बाल संरक्षण कार्यक्रम अन्तर्गत नरहरिनाथ गाउँपालिका-२ र ३ मा गठित किशोरी क्लबहरूले बालविवाह, घरेलु हिंसा, छाउपडी प्रथालगायतका विकृति विसङ्गति अन्त्य गर्ने अभियान सञ्चालन भएको सादा नेपालकी सहजकर्ता शर्मिला महताराले बताउनुभयो ।
स्कुले उमेरमा रहेका किशोरी तथा बालिकाहरुलार्ई २८ र २९ गते सञ्चालित मनोसामाजिक परामर्श सम्बन्धी अभिमुखीकरण कार्यक्रममा किशोरीहरूले बालविवाह अन्त्य नभएसम्म अभियान निरन्तर राख्ने प्रतिबद्धता जनाउनुभयो ।
नरहरिनाथ गाँउपालिकामा रहेका किशोरी क्लबहरुलाई बालबालिकाहरुबीच उमेर वृद्धि सँगै शारीरिक परिवर्तनमा पनि फरकपन, शारीरिक स्वरूपमा नै परिवर्तन देखिने, किशोर अवस्था बाल्यकालबाट वयस्क हुँने परिवर्तनशील अवस्थाका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रममा नरहरिनाथ गापा-३ का १५ वर्षीया सविना बिष्टले किशोरी उमेरका बालिकाहरूलाई विद्यालयदेखि घरसम्म धेरै समस्या रहेकाले समाधानका समाधानका लागि स्थानीय सरकार अभिभावक लाग्नु पर्नेमा जोड दिनुभयो । साथै किशोरी अवस्थाका बालिकाहरुमा हुँने मनोसामाजिक समस्याका बारेमा पनि छलफल भएको थियो ।
किशोरीहरूको प्रजनन, मानसिक, बौद्धिक, आर्थिक तथा अन्य क्षेत्रमा विकास र परिपक्व हुँने अवस्था भएपनि घरयसी वातावरण, विद्यालयका समस्याका कारण अप्ठ्यारो परिस्थिति झेल्नु परिरहेको छ ।
मुख्य गरी १३ देखि १९ वर्षसम्म किशोर अवस्थाको उमेरमा महिनावारी हुँने समय भएको र यहाँ जिल्लामा अहिले पनि छाउपडी प्रथा कायम रहेकाले बलात्कारको सिकार,सर्पको टोकाइबाट ज्यान जाने जोखिम रहेको नरहरिनाथ-२ की १६ बर्षीया तोविना बिकले बताउनुभयो ।
विद्यालयमा छात्रा शौचालय, सेनिटरी प्याडको अभाव हुँने भएका कारण विद्यालय जानबाट वञ्चित हुँनुपर्ने अवस्था धेरैजसो वडाहरुमा पाइएको छ । अभिमुखीकरणमा घरेलु हिंसाका कारण अविभावकवाट हुँने तनाव, विद्यालयमा शिक्षकहरु, साथीभाइहरूबाट हुँने तनाब, बालविवाहका कारण हुँने तनाब र यसको मनोसामाजिक परामर्श उपचारका बारेमा जानकारी गराइएको थियो ।
कार्यक्रम पछि किशोरीहरमा आउने मनोसमाजिक समस्या यसको समाधान तथा बाल संरक्षण,बालविवाहको अन्त्यका लागि किशोरी क्लबका पदाधिकारी स्थानीय सहजकर्ताहरुले आ-आफ्नो वडामा अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाइएको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा